राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिता सुरु

Posted on: २७ चैत्र २०७५, बुधबार

मोहन चन्द/ बैतडी २७ चैत्र

 

‘स्वस्थ , सबल र समृद्ध डिलासैनी हाम्रो पहिचान , स्वास्थ्यको लागी खेलकुद हाम्रो अभियान ’ भन्ने मुल नाराका साथ जिल्लाको डिलासैनी गाउपालिकामा मंगलवार प्रथम राष्टपती रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ ।खेल सुरुकै दिन भलिवलका दुई खेल सम्पन्न भएका छन् ।

गाउपालिका स्तरिय प्रतियोगितामा गाउपालिका भरिका दश ओटा माध्यमिक बिद्यालयहरुको सहभागीता रहेको छ । सिल्डमा भलिवल, कवडी, दौड, हाईजम्प,त्रिपलजम्प, सटफुट, ज्यवलिङ थ्रो, रिले दौडमा प्रतिशप्रधा गराइनेछ । प्रतियोगिताबाट छनौट गरि गाउँपालिकावाट जिल्लास्तरियसिल्डको लागि पठाईने गा.पा.का शिक्षा तथा खेलकुद शाखा प्रमुख हरेन्द्र प्रसाद जोशिले वताउनु भयो । भलिवलका दुई खेलमा सिकेई मावि धामीगाउँलाई दुर्गा मावि सिमारले हराएको छ भने मण्डेस्वर मावि धावाला लाई सरस्वती मावि ननराले हराएको छ ।

कार्यक्रममा बोल्दै सघिंय सांसद भण्डारीले खेलकुद क्षेत्रको बिकासको लागी आफु प्रतिबद्ध रहेको बताए । युवाहरुको खेलकुदको क्षमता बिकासको लागी उक्त कार्यक्रमको आयोजना गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रदेब जोशीको वताए । डिलासैनी गाउपालिका क्षेत्रका बिकासमा सकरात्मक देखिएको छ । सरकाले संचालन गरेका कार्यक्रम आफ्नो क्षेत्रमा लागु गर्न हरेक क्षेत्रमा पहल गरिने प्रदेस सभा सदस्य प्रेम प्रकास भटट्ले वताउनु भयो ।

डिलासैनी गाउपालिकाले यस अघि नै बार्ड नम्बर ३ को पङसेरामा गाउँपालिका स्तरिय खेल मैदान निर्माण गरि सकेको छ । अरु ठाउँमा पनि निर्माण गरिने डिलासैनी गाउँपालिका अध्यक्ष उकेन्द्र वोहराले वताए । प्रतियोगिताको सघिंय सांसद दामोदर भण्डारीको प्रमुख आतिथ्यता तथा सुुदुरपश्चिम प्रदेशसभा सदस्य प्रेम प्रकाश भट्टको बिशिष्ट आतिथ्यतामा उदघाटन गरिएको थियो ।

Comments

comments