गुठी विधेयकविरूद्ध वसन्तपुरमा प्रदर्शन

Posted on: ३२ जेष्ठ २०७६, शनिबार

काठमाण्डौ ३२ जेठ
गुठी विधेयकको विरोधमा राजधानीको बसन्तपुर दरबार क्षेत्रमा प्रर्दशन भएको छ । ज्यापू महागुठी नेवाः केन्द्रीय समितिको आव्हानमा सनिबार विहान बसन्तपुरदरबार क्षेत्रमा विरोध प्रर्दशन गरिएको हो । ज्यापू महागुठी अन्र्तगतका विभिन्न गुठीका गुठीयार तथा सर्वसाधरण सम्मिलित प्रर्दशनमा परम्परागत धार्मिक, सांस्कृतिक धरोहर अतिक्रमण गर्ने गरि गुठी विधेयक ल्याईएको भन्दै विरोधमा नाराबाजी गरिएको थियो ।
प्रर्दशनकारीले नेवाः एकता जिन्दावाद, गुठी विधेयक खारेज गर,सांस्कृतिक अतिक्रमण बन्द गर, नेवा अव जाग्दैछ, आफ्नो अधिकार खोज्दैछ लगायतका नारा लगाएका थिए । ज्यापू महागुठी अन्र्तगतका गुठीहरुहरुको संलग्नतामा निकालिएको विरोध र्यालीले न्यूरोड, जैसीदेवल लगायतका स्थान हुदै बसन्तपुरदरबार क्षेत्र पुगी कोणसभामा परिणत भएको थियो ।

Comments

comments