गुणस्तरहिन औषधि बिक्रीवितरण गर्ने औषधि पसलहरुलाई कडा कार्वाही गरिने

Posted on: ३१ बैशाख २०७६, मंगलवार

सरकारले गुणस्तरहिन औषधि बिक्रीवितरण गर्ने औषधि पसलहरुलाई कडा कार्वाही गर्ने चेतावनी दिएको छ ।
मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरहित औषधि विक्री वितरण गर्ने औषधि पसलहरुमाथि कडा कार्वाही गर्ने चेतावनी दिनु भएको हो । मन्त्री यादवले चिस्यानमा नराखिएको औषधि बिक्री वितरणमा पनि प्रतिबन्ध लगाउने बताउनु भएको छ ।
उपप्रधानमन्त्री यादवले सरकारले सिधैं कम्पनीबाट औषधि खरिद गर्ने कानुनी व्यवस्था गर्न जरुरी रहेको पनि बताउनु भयो ।

Comments

comments