गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्की निलम्बन

Posted on: २६ जेष्ठ २०७६, आईतवार

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले रौतहटको गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीलाई निलम्बन गरेको छ ।
जेठ १ गते दार्चुलाको शैल्यशिखर नगरपालिकामा सरुवा भएका कार्कीले त्यसको अवज्ञा गर्दै गौर नगरपालिकामै कामकाज जारी राखेपछि मन्त्रालयले उनलाई निलम्बन गरेको जनाएको छ । मन्त्रालयले कार्कीको सरुवा गर्दै सरोज कुमार लाल दासलाई जेठ १७ गते गौर नगरपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृत तोकेर पठाएको थियो । तर कार्कीले मन्त्रालयको निर्णय विपरीत आफूखुशी पवन महतोलाई निमित्तको जिम्मेवारी तोकेका थिए । मन्त्रालयले पछिल्लोपटक खटाएको कार्यालयमा ३ दिनभित्र हाजिर हुन लिखित तथा मौखिक निर्देशन दिँदासमेत कार्कीले अटेरी गरेपछि निजामति सेवा ऐन, २०४९ को दफा ६४ ९१० बमोजिम दुई महिनाका लागि कार्कीलाई निलम्बन गरिएको मन्त्रालयले जनाएको छ ।

Comments

comments