गौर नगरपालिकामा बृद्धाआश्रम भवन निर्माण सुरु

Posted on: ३१ बैशाख २०७६, मंगलवार

रौतहटको गौर नगरपालिकामा पहिलो पटक बृद्धाआश्रम भवन निर्माण सुरु भएको छ ।
प्रदेश नम्बर २ को भौतिक पुर्वाधार बिकास मन्त्रालय अन्र्तगत बृद्ध आश्रमको निर्माण भईरहेको नगरपालिकाले जनाएको छ । मानव सेवा केन्द्र रौतहटको पहलमा मन्त्रालय अन्र्तगत बृद्धाआश्रम निर्माण भईरहेको मानव सेवा केन्द्र रौतहटका अध्यक्ष तथा गौर नगरपालिकाका उपप्रमुख किरण ठाकुरले बताउनुभयो ।
बृद्धा आश्रम भवनमा १० वटा सुत्ने कोठा, किचेन रुम, शौचालय, सभा हल पनि रहने अध्यक्ष ठाकुरले बताउनुभयो ।

Comments

comments