ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैँयाले बढ्यो, पेट्रोल र मट्टीतेलको मूल्य घट्यो

Posted on: २१ माघ २०७६, मंगलवार

माघ २१, काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ । पेट्रोल, डिजल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँ घटेको छ । मूल्यवृद्धिपछि अब खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ३ सय ७५ रुपैयाँ पुगेको छ । काठमाडौंमा ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ३ सय ७५ रुपैयाँ पुगेको छ भने पेट्रोल १ सय १०, डिजल र मट्टीतेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ ।

Comments

comments