चमेलिया नदीमाथिको मुख्य मोटरेबल पक्की पुल जीर्ण बन्दै

Posted on: २७ पुष २०७५, शुक्रबार

क्षमताभन्दा बढी भार बोकेका सवारी साधन सञ्चालन गरिँदा बैतडी–दार्चुला जोड्ने चमेलिया नदीमाथिको मुख्य मोटरेबल पक्की पुल जीर्ण बन्दै गएको छ । आर्थिक वर्ष २०५९/६० मा बनेको पुल अहिले नै जीर्ण बनेको हो ।दार्चुलालाई राष्ट्रिय राजमार्गको पहुँचमा र्पुयाउने एकमात्र चमेलिया पुल हो । बैतडी र दार्चुलाका नागरिकलाई आवतजावत गर्न चमेलिया पुल मुख्य मार्ग भए पनि मर्मतका लागि कसैले पहल नगरेको स्थानीयबासीको गुनासो छ । दार्चुलालाई सडक सञ्जालसँग जोड्न १ सय २० मिटर लामो पुल ५ करोड रुपैयाँ लागतमा निर्माण गरिएको थियो । सडक डिभिजन कार्यालय पाटन बैतडीले पुलको क्षमताभन्दा बढी लोड भएका सवारी साधन सञ्चालन गर्दा जीर्ण बनेको जनाएको छ ।

Comments

comments