चम्कियो चेन्नेइ, बैंगलोर ५ विकेटले पराजित

Posted on: १३ बैशाख २०७५, बिहीबार

इण्डियन प्रिमियर लिग क्रिकेटमा चेन्नई सुपरकिंग्सले रोयल च्यालेञ्जर्स बैंगलोरलाई ५ विकेटले हराएको छ । बैंगलोरमा भएको बुधबार राति भएको खेलमा घरेलु टिमले दिएको २ सय ६ रनको लक्ष्य चेन्नईले पाँच विकेट गुमाएर खेल सकिन २ बल बाँकी हुँदै भेट्टाएको हो । अम्बाति रायडु र महेन्द्रसिंह धोनी चम्किएपछि पहिलो पालिमा एभीडी भिलियर्सको विष्फोटक पारी छायाँमा परेको हो । अरु ब्याट्स्म्यानले राम्रो प्रदर्शन गर्न नसकेपछि ७४ रन बनाउँदा ४ विकेट गुमाएको चेन्नेइका लागि धोनी र रायडुले पाँचौ विकेटका लागि १ सय १ रनको साझेदारी गरेपछि चेन्नईले सहज जित हात पारेको हो । रायडुले ५३ बलमा ८ छक्का र ३ चौकासहित ८२ रन बनाए भने धोनीले ३४ बलमा ७ छक्का प्रहार गर्दै ७० रनमा नटआउट रहे । ड्वेन ब्राभोले पनि महत्वपूर्ण समयमा ७ रनमा नटआउट १४ रन बनाउँदै टिमको जितका लागि सहयोग गरे ।

पहिले ब्याटिङ गरको बेग्लोरले ८ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो । बैंगलोरका लागि एबीडी भिलियर्सले ६८, क्वीन्टन डिककले ५३ र मन्दिप सिंहले ३२ रन बनाएका थिए । डी भिलियर्सले मात्र ३० बलमा ८ छक्का र २ चौकासहित ६८ रन बनाए पनि टिम पराजित भएपछि उनको पारी पनि छायाँमा पर्यो । बलिङतर्फ शार्दुल ठाकुर, इमरान ताहिर र ड्वाइन ब्राभोले २–२ विकेट लिएका थिए ।जितसँगै चेन्नई आईपीएल तालिकामा ६ खेलबाट १० अंक बनाउँदै शीर्ष स्थानमा उक्लिएको छ । बैंगलोर भने ६ खेलबाट ४ अंकसहित छैटौं स्थानमा छ ।

 

Comments

comments