चाख्ले खोला पुल निमार्णमा ढिलाई हुदा स्थानीय निराश

Posted on: ३२ जेष्ठ २०७६, शनिबार

विवेक नागरी /जेठ ३२ कैलाली

कैलालीको गोदावरी नगरपालिकाको वडा नं ११ र १२ का दुई वडालाई जोड्ने स्थानिय चाख्ले खोलामा पुल बन्ने कुनै सुरसार नै देखिए पछी स्थानियहरु निराश भएका छन । स्थानिय, प्रदेश र संघिय सरकारका जनप्रतिनिधिहरुको उदासिनताका कारण चाक्ले खोलामा पुल बन्ने कुनै सुरसार नै नदेखिएको हो ।

बर्षौदेखी पुल बन्ने आशामा बसेका गोदावरी नगरपालिका वडानम्बर १०, ११ र १२ का स्थानियहरु निर्धारित समयमा पुल बन्ने संकेत नदेखिएपछि निरास बनेका हुन् । नगरपालिकाको वडा नं ११ मा पर्ने स्थानिय चाख्ले खोलामा पुल नहुदा बर्खायाममा दैनिक क्रियाकलाप गर्न निकै समस्या हुने गरेको स्थानिय बताउँछन ।

अत्तरिया बजारवाट करिब ६÷७ किलोमिटरको दुरीमा पर्ने उक्त खोलामा पुल नहुदा सिकिस्त बिरामीहरु अकालमै ज्यान गुमाउन बाध्य छन् । चाख्ले खोलामा पुल ओलानीबासीको पहिलो माग रहेकाले निरन्तर नगरपालिका र प्रदेश सरकारको ध्यानाकर्षण गराइरहेको गोदावरी नगरपालिका वडा नम्वर ११ का वडाध्यक्ष शिव बिक ले वताउनुभयो ।

गोदावरी नगरपालिकाले चाक्ले खोलामा पुल निर्माणका लागि तयार पारेको डिपिआर अनुसार अर्थिक वर्ष २०७६÷६७ आवश्यक बजेट विनियोजित गर्ने सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण प्रसाद सुवेदी वताउनुभयो ।

स्थानियहरुका आधारभुत समस्याहरु पहिल्याई स्थानिय, प्रदेश र केन्द्र सरकारले समाधानका लागि समन्वयात्मक रुपमा कदम चाले विकास निर्माणले गति लिई विस्वास स्थानिय ले गरेका छन् ।

Comments

comments