चितवनमा चरा गणना सुरु

Posted on: २७ पुष २०७५, शुक्रबार

देशकै पहिलो संरक्षित क्षेत्र चितवनमा चरा गणना सुरु भएको छ । लचितवन राष्ट्रिय निकुञ्ज अन्र्तगत रहेका संरक्षित क्षेत्रमा चरा गणना सुरु गरिएको हो । विश्वभर चरा गणना हुने कार्यक्रम अन्र्तगत चितवनमा पनि चरा गणना गर्न थालिएको हो ।चराविदहरु निकुञ्जसंग जोडिएका नदी, ताल तलैया, सीमसार क्षेत्रमा पानीमा आश्रित चराहरु गणना गर्न लागेका हुन् । हरेक वर्ष जनवरी सुरु भएपछि विश्वभर चरा गणना हुने गर्छ ।यसपटक जनवरी ५ देखी २० सम्म चरा गणना गरिने छ ।चरा र तीनको बासस्थानको अवस्था वारे अध्ययन र अनुसन्धानका लागी चरा गणना हुने गर्छ । पानीमा आश्रित चराहरुसंगै अन्य चराको वारेमा समेत खोजी गनिे जनाइएको छ ।चितवनको ढुङ्ग्रे खोला,बुढी राप्ती, बीस हजारी ताल, गरुड ताल, पटना ताल, तमोर ताल, लामी ताल, हेटौडा लगाएतका स्थानमा चरा गणना गरिने गिरीको भनाइ छ । विश्वमा सन १०६७ देखी सुरु भएको चरा गणना नेपालमा सन् १०८७ देखि सुरु भएको हो ।सोही वर्षदेखि चितवनमा पनि चरा गणना थालिएको हो ।

Comments

comments

Related Other News