चीनमा कोरोना भाइरसका कारण २१३ जनाको मृत्यु, विश्वव्यापी स्वास्थ्य आपतकालिन घोषणा

Posted on: १७ माघ २०७६, शुक्रबार

माघ १७, काठमाडौँ । नयाँ कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकालिन घोषणा गरेको छ । कोरोना भाइरसको प्रकोप चीनसहित अन्य मुलकमा तीव्र गतिमा फैलन थालेपछि विश्वव्यापी रुपमा आपतकाल घोषणा गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। कमजोर स्वास्थ्य प्रणाली भएका देशहरूमा यसको प्रकोप महामारीका रुपमा फैलिन सक्ने भय बढेको छ । चीनमा कोरोना भाइरसका कारण २१३ जनाको मृत्यु भइसकेको छ। चीनको हुबेइ प्रान्तको वुहान शहरमा गएको डिसेम्बरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण हाल चीन बाहेक कम्तिमा १८ देशमा पुगेको छ । नेपाल, अमेरिका, फ्रान्स, जर्मनी, थाइल्याण्डसहितका देशमा पनि संक्रमण भेटिएको छ ।

Comments

comments