जनतामा निराशा फैल्याउन केही तत्वहरुले प्रयास गरिरहेको प्रधानमन्त्री ओलीको उल्लेख

Posted on: २८ माघ २०७५, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निराशा फैल्याउन केही तत्वहरुले प्रयास गरिरहेको उल्लेख गर्दै सचेत रहनु आग्रह गर्नु भएको छ । सोमबार गृह मन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले मुलुकलाई अन्धकार युगमा राखिरहने प्रयास अझै पनि भईरहेको भन्दै त्यस्ता प्रवृत्तिविरुद्ध लड्न पनि सबैलाई आह्वान गर्नु भयो । प्रधानमन्त्री ओलीले जनताको अपेक्षा अनुसार काम गर्ने आधार तय भईरहेका बेला उनीहरुलाई निरास बनाउने अनुचित र अनुपयुक्त प्रयास भईरहेको भन्दै त्यसप्रति आपत्ति पनि जनाउनु भयो । प्रधानमन्त्री ओलीले केही दिन अघि अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउने लगायतका आतंककारी गतिविधि भएको उल्लेख गर्दै सैह्य नहुने चेतावनी पनि दिनु भयो ।

Comments

comments

Related Other News