जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टिन सक्छ: दाहाल

Posted on: ६ भाद्र २०७६, शुक्रबार

काठमाडौ, भदौ ६ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन संक्ने संभावना रहेको बताउनुभएको छ ।
शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उहाँ सत्तामा जानु अघि जनतासंग गरेको प्रतिवद्धता भुल्दै जाने र आफ्नै योगदानलाई विर्सदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने खतरा औल्याउनुभएको हो । कम्युनिष्ट सरकारको कार्यशैली वास्तविक कम्युनिष्टको चिन्तन र विचार भन्दा भिन्न बुर्जुवाकरण हुदै जाने हो भने सत्ता परिर्वतन हुन समय नलाग्ने भन्दै उहाँले त्यस तर्फ गम्भीर हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।
उहाँले दुई पार्टी मिलेर बनेको ठुलो पार्टी भित्र पछिल्लो समय अनुसासन र जिम्मेवारी बोधमा विचलन देखिएको भन्दै असन्तुष्ठी जनाउनुभयो ।
अध्यक्ष दाहालले सत्तामा पुगेपछि जनतासंग गरेका प्रतिद्धताहरु विर्सदै जाने प्रवृति विश्वभरीका कम्युनिष्टहरुको विशेषता नै भएको भन्दै अन्य मुलकमा देखिएको प्रवृति नेपालमा पुनरावृत हुन नदिन तर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

Comments

comments