जमन बडालको कोसेली, मेरी मनकी दरी सार्वजनिक

Posted on: २ आश्विन २०७६, बिहीबार

काठमाडौँ, भदौ २ ।  सुदूरपश्चिमेलीहरुको पहिचान बोकेको निकै मिठो देउडा गीत ‘मेरी मनकी दरी’ सार्वजनिक भएको छ ।
दार्चुला जिल्ला महाकाली नगरपालिका वडा नम्बर ९ बस्ने जमन बडालको दोस्रो कोसेली ‘मेरी मनकी दरी’ बोलको डेउडा गीत सार्वजनिक भएको छ । बडालको प्रस्तुती रहेको यो गीतमा सुदूरपश्चिमका चर्चित गायक तथा डोटेली भाषाका हाँस्य कलाकार भानुभक्त जोशी र चर्चित गायिका गौरी भट्टको निकै मिठो आवाज रहेको छ ।

गीतको लय, शब्द भानुभक्त जोशीको नै रहेको छ भने उमेश कार्की र मान डडालको सहयोगमा रहेको यो गीतमा सल्लाहकार रोहन सिंह र एरेन्ज भुवन प्रकाश बडुको रहेको छ।

मालिकार्जुन म्युजिक प्रालि युट्युव च्यानल मार्फत गीत बजारमा आएको छ । बडालको यो दोस्रो देउडा गीत हो । यस अघि उनले ‘सुटुक्कै’ बोलको गीत बजारमा ल्याईसकेका छन् ।

Comments

comments