जाखोर तालकोे संरक्षण गरि प्रदेशकै मुख्य पर्यटकिय गन्तव्य बनाइने

Posted on: ३० बैशाख २०७६, सोमबार

कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको पर्यटकिय क्षेत्र जाखोर तालको गुरुयोजना तथा विस्तृत अध्ययन प्रतिवेदन डीपीआर तयार भएको छ ।
उपमहानगरपालिकाको वडा नम्बर ७ देवहरियामा अवस्थित ताललाई सुदूर पश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न तालको गुरुयोजना तयार गरिएको हो । तालको साँघुरो ठाउँमा झोलुङ्गे पुल, तालको उत्तरतर्फ शिवको मूर्ति निर्माण गर्ने योजना रहेको उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताउनुभयो । प्रमुख वडका अनुसार ताल क्षेत्रमा विभिन्न १४ वटा संरचना निर्माणका लागि प्रस्ताव गरिएको र सबै संरचना तयार गर्नका लागी साढे ५ करोड रुपैयाँ रकम बिनियोजन गरिएको छ ।
ताललाई संरक्षण गरि प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने भएको छ ।

Comments

comments