जिल्लाकै दुर्गम वस्ती खल्लामछट्टीमा सडक पुग्याे,स्थानिय हर्षित

Posted on: १३ कार्तिक २०७५, मंगलवार

कञ्चनपुरको उत्तरी दुर्गम ३ वस्ती खल्लामछट्टी टुँडीखेलसम्म पहिलो पटक सडकले जोडिँदा स्थानीय हर्षित भएका छन् । सदरमुकाम महेन्द्रनगरवाट टाढा रहेको यो गाउँ अहिल सडक संजालले जोएिको मात्र छैन्,सडकमा सवारीका साधन समेत गड्न थालेका छन् ।
भीमदत्त नगरपालिका वडा नम्वर ९ का स्थानीय सडक संजाल नहुँदा सदरमुकाम आवत जावत गर्न सास्ती खेप्दै आएका थिए । सडकसँगै सवारी साधनमा चढेर सदरमुकाम आउन जान पाउँदा हर्षले गद्गद भएका छन् ।

जिल्ला कै दुर्गम मानिने उत्तरी क्षेत्रका ३ गाउँमा सडक जोडिपछी स्थानीयले ठूलो राहत महशुस गरेका छन् ।स्थानीय तहमा जनप्रतिनिधि आएपछि दुर्गम मानिएको गाउँ सडक संजालमा जोडिएको हो । पहिले खल्लामछट्टे टुँडीखेलका स्थानीय पैदल हिँडनु पर्ने बाध्यता थियो । बाटोको बीचमा पर्ने महाकाली नदी र जंगलले एक्लै हिँडन सक्ने अवस्था थिएन् ।वर्षातको समयमा जंगलको वाटो र खोलानाला बढ्दा वालवालिका विद्यालयसम्म जान सक्ने अवस्था समेत थिएन् ।तर,गाउँमा नै सडक संजालले छोएपछि सहज भएको छ ।

प्राचिन सिद्धनाथ मन्दिर अवस्थित यो गाउँ प्राकृतिक रुपले निकै धनी भएपनि विकासका दृष्टिकोणले पछाडि परेको छ ।पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारले २०६६ सालमा ब्रह्मदेब भएर खल्लामछट्टेदेखि दार्चुलाको टिङ्कर जोड्ने गरी महाकाली कोरिडोर सुरु गरिएको थियो । तर,व्रह्मदेवका केही स्थानीयको अवरोधपछि वैतडीवाट महाकाली लोकमार्ग निमार्ण भइरहेको छ ।

Comments

comments