जेष्ठ नागरिकका लागि निशुल्क आँखा शिविर सञ्चालन

Posted on: ३२ जेष्ठ २०७६, शनिबार

राजेन्द्र विष्ट /जेठ ३२ कञ्चनपुर
कञ्चनपुरको भिमदत्त नगरपालीकामा जेष्ठ नागरीकहरुका लागि निशुल्क आँखा शिविर सञ्चालन गरीएको छ ।
भीमदत्त नगरपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल तथा महेन्द्रनगर आँखा अस्पतालको प्रविधिक सहयोगमा कञ्चनपुरका जेष्ठ नागरीकहरुका लागि निशुल्क आँखा शिविर सञ्चालन गरीएका हो ।

निशुल्क आाखा शिविरमा मोति विन्दुको समस्या भएका विरामीहरु उपचारका लागि आएका हँुदा मोति विन्दुको परिक्षण गरी आईतवार निशुल्क शल्यकृया गरिने महेन्द्रनगर आाखा अस्पतालले जनाएको छ । भिमदत्त नगरपालीकाले निशुल्क आँखा शिविर सञ्चालन गर्दा आफुहरुलाई धेरै सहज भएको शिविरमा उपचारार्थ आएका जेष्ठ नागरिकहरुले बताएका छन ।

निशुल्क आँखा जाँच शिविरमा २५० जनाकोे निशुल्क आँखा परिक्षण गराईएको र ८० जना लाई निशुल्क चस्मा वितरण गरिएको र ५५ भन्दा बढी मोति विन्दुका विरामीहरुको आईतवार निशुल्क शल्यकृया गरिने आयोजक ले जनाएको छ ।

Comments

comments