टिभी टुडे टेलिभिजन ६ वर्षमा प्रवेश गरेसँगै एचडीमा रुपान्तरण

Posted on: १ बैशाख २०७७, सोमबार

टिभी टुडे टेलिभिजन सोमबारबाट पाँचौ वर्ष पूरा गरी छैठौं वर्षमा प्रवेश गरेको छ । छैठौं वर्ष प्रवेशको उपलक्ष्यमा अत्याधुनिक प्रविधिसहित अब टिभी टुडे टेलिभिजन एचडी प्रविधिमा रुपान्तरण भएको छ । विकास निर्माणमा समर्पित भन्ने मूल नाराका साथ स्थापना भएको टिभी टुडे टेलिभिजन आफ्नो प्रशारणको छैठौं वर्षमा प्रवेश गरेको हो । बैशाख १ गतेदेखि टेलिभिजन अत्याधुनिक प्रविधि र थप परिमार्जन सहित एचडी प्रविधिमा रुपान्तरण भएको छ ।

छैठौं वर्ष प्रवेशको अवसरमा कार्यकारी अध्यक्ष जनकराज पन्तले टेलिभिजनलाई यहाँसम्म पु¥याउन सहयोग गर्ने सबै कर्मचारी, सञ्चारकर्मी, विज्ञापनदाता, केबल अपरेटर र डिजिटल अपरेटरहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । प्रवन्ध निर्देशक पन्तले टिभी टुडे टेलिभिजनले अझै स्थानीय विकास र जनसरोकारका विषयलाई सशक्त तवरले उठान गर्ने प्रतिवद्धता जनाउनुभयो ।

टिभी टुडे छैठौं वर्षमा प्रवेश गरेको अवसरमा टेलिभिजनका निर्देशक नविता फुयालले टेलिभिजनले जनसरोकारका विषयमा अझै परिस्कृत ढंङ्गले सूचना प्रवाह गर्ने उल्लेख गर्नुभएको छ ।

सोहि अवसरमा टेलिभिजनका निर्देशक संज्ञा अधिकारीले टेलिभिजनले नयाँ प्रविधिमार्फत जनआकांक्षा अनुसार समाचार तथा जानकारी सटिक तरिकाले प्रस्तुत गर्ने बताउनुभयो ।

यसैगरी, टेलिभिजनका समाचार प्रमुख सुधुम्न पौडेलले दुरदराजका विकट वस्ती देखि सुगम सहरी क्षेत्रका समाचार सम्प्रेषण गर्दै आएको जानकारी दिनुभयो ।

यता टेलिभिजनका निर्देशक विराज पन्तले पनि टेलिभिजनले कर्मचारीप्रति देखाएको सद्भाव र कर्मचारीले टेलिभिजनलाई यो स्थानसम्म पु¥याउन गरेको योगदानको प्रशंसा गर्नुभयो ।

 

नव बर्षसगैँ कोरोनाको त्रास कम गर्न हामी नै धैैर्यवान बन्न सकौँ  तपाईंको सम्पूर्ण परिवारमा सुख शान्ति भित्रीयाेस हरेक दिनहरु खुसीमय सँगै सुखमय बनुन सम्पुर्ण टिभी टुडे टेलिभिजन परिवारको तर्फबाट नव बर्ष 2077  सालको शुभकामना ।

Comments

comments