डडेल्धुरा र डोटीका ६ वटा प्रादेशिक सडकको कालोपत्रेको काम सुरु

Posted on: ३१ बैशाख २०७६, मंगलवार

संघ र प्रदेश सरकारमध्ये कस्ले निर्माण गर्ने भन्ने अन्यौलताका कारण अलपत्र परेका डडेल्धुरा र डोटीका ६ वटा प्रादेशिक सडकको कालोपत्रेको काम सुरु भएको छ ।
संघ सरकारले २८ करोड रुपैयाँ उपलव्ध गराए संगै ३४ प्रादेशीक सडक मध्ये ६ वटा वहुवर्षीय सडक कालोपत्रे गर्ने काम सुरु भएको हो । वजेट अभावका कारण अलपत्र परेका डडेल्धुरा र डोटीका ६ वटा प्रादेशीक सडकको कालोपत्रे गर्ने काम सुरु भएपछि स्थानीय हर्षित भएका छन् । कुल दायित्व रकम १ अर्व २८ करोड मध्ये २८ करोड रुपैयाँ उप्लव्ध भए संगै डोटी र डडेल्धुराका ३४ मध्ये ६ वटा वहुवर्षीय प्रादेशीक सडक कालोपत्रे गर्ने काम सुरु भएको पुर्वाधार विकास ईकाई कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले वताउनुुभयो ।
डडेल्धुराको उग्रतारा–मेलौली, वुडर–जोगवुढा, डोटीको वुडर–जोरायल, लगायतका ६ वटा प्रादेशीक सडकको कालोपत्रे गर्ने काम शुरु भएको छ ।

Comments

comments