डोटीको शिखर नगरपालिकाका दुइ नगरवस संचालनमा

Posted on: २७ पुष २०७५, शुक्रबार

डोटीको शिखर नगरपालिकाले नगरवस संचालनमा ल्याएको छ ।जनतालाई यातायातमा सहज होस भनेर नगरबस संचालन गरिएको हो । छव्विस सीट क्षमता भएका दुई बसको लागत ५६ लाख ६० हजार रहेको नगरपालिकाले जनाएको छ । अहिले दुइ वस संचालनमा रहे पनि ग्रामीणका लागि थप बस संचालनको तयारी नगरको छ । सधै यात्रुल गाडीका लागि घन्टौ कुर्नु पर्ने अवस्थालाई मध्य नजर राख्दै बस संचालनमा आएको हो । नगरवस संचालनका लागि छुट्टै कार्य्विधि, संचालन,अनुगमन समिति र छुट्टै खाता समेत संचालनको तयारी भएको छ । नगरपालिकाले नगरबस संचालनमा ल्याएपछि स्थानीय हर्षित बनेका छन् । स्थानीय सरकारले जनताको मनोभावना बुझेर काम गरेमा जनताको साथ सधैं रहने छ ।

Comments

comments