डोटीको शिखर नगरपालिकाद्वारा सञ्चालित नगरबसमा निःशुल्क यात्रा गर्न पाउने

Posted on: २ फाल्गुन २०७५, बिहीबार

डोटीको शिखर नगरपालिकाद्वारा सञ्चालित नगरबसमा नागरिकहरुले निःशुल्क यात्रा गर्न पाउने भएका छन् । जेष्ठ नागरिक, अपाङ्ग, असाहाय, टुहुरा र पत्रकारहरुलाई निःशुल्क यात्रा गराइने नगरपालिकाका प्रमूख सीताराम जोशीले बताउनु भयो । कल्याणकारी सोचका साथ । नगरबस सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको निर्णयलाइ स्थानीयबासीन्दाले स्वागत गरेका छन् । नगरपालिकाले २ वटा नगरबस सञ्चालनमा ल्याएको छ ।

Comments

comments

Related Other News