थपलियाको सुनुवाई आज दिउँसो २ बजे गर्ने निर्णय

Posted on: ४ बैशाख २०७६, बुधबार

संसदीय सुनुवाई समितिले प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियाको सुनुवाई बुधबार गर्ने भएको छ ।
समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले संवैधानिक परिषदद्धारा प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध परेको ६ वटा उजुरी खुला गर्दै बुधबार ४ गते दिउँसो २ बजे सुनुवाई गर्ने निर्णय गरेको हो । त्यस अघि उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम पनि तय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनु भयो ।
समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधिशमा प्रस्तावित ५ जनाको सुनुवाई भने बिहीबार गर्ने पनि निर्णय गरेको छ ।

Comments

comments