दशैँ अगाडि नै सुदुरपश्चिम प्रदेशका सबै जिल्लामा ‘फोर जी’ सेवा सञ्चालन हुने

Posted on: २५ भाद्र २०७६, बुधबार

भदौ २५, नेपाल टेलिकमले दशैँअगाडि सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरूमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘फोर जी’ सेवा सञ्चालनको तयारी गरिरहेको छ ।
दशैँअगावै प्रदेशका मुख्य बजार क्षेत्रका उपभोक्ताले चौथो पुस्ताको ताररहित दूरसञ्चार सेवा फोर जी प्रयोग गर्न पाउने भएका छन् । नेपाल टेलिकम दिपायल राजपुर कार्यालयका अनुसार पहिलो चरणमा सुदूरपश्चिम प्रदेशका मुख्य शहरलगायतका ठाउँबाट ‘फोर जी’ सेवा सुरु गरिने भएको छ । नेपाल टेलिकम डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशभरि नै ‘फोर जी’ सेवा सुरु गर्ने तयारीका साथ जुटेको नेपाल टेलिकम दिपायले जनाएको छ ।

Comments

comments