दार्चुलाका जनप्रतिनिधिहरु इन्डोनेशियाको बाली पुगेर त्यस क्षेत्रको विकासलाई नजिकबाट नियाल्दै

Posted on: ७ फाल्गुन २०७५, मंगलवार

इन्डोनेशियाको बाली पुगेका दार्चुलाका जनप्रतिनिधिहरुले त्यस क्षेत्रको विकासलाई नजिकबाट नियालेका छन् । आइतबार टिभी टुडे टेलिभिजनका अध्यक्ष जनकराज पन्तको नेतृत्वमा इन्डोनेशियाको बाली पुगेका जनप्रतिनिधिहरुले राजनीतिक स्वार्थ विना विकास निर्माणमा जुटे समृद्ध मुलुक बनाउन सकिने बताएका हुन् । इन्डोनेशियामा भएको विकास निर्माणबाट आफुहरुले पनि पाठ सिकेको जनप्रतिनिधीहरुको भनाई छ । भ्रमणमा जिल्ला समन्वय समिति, दार्चुलाका प्रमुख करविरसिंह कार्की, शैल्यशिखर नगरपालिकाका प्रमुख अमरसिँह धामी, मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिंह धामी, नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामी, लेकम गाउँपालिकाका अध्यक्ष परमानन्द जोशी लगायत टिभी टुडे टेलिभिजनका कर्मचारी सहित १९ जनाको टोली आइतबार इन्डोनेशिया प्रस्थान गरेको थियो ।

 

Comments

comments