दार्चुलाको विकासका लागि पहिलो प्राथमिकतामा सडक

Posted on: ३१ बैशाख २०७६, मंगलवार

दार्चुलाको विकासका लागि पहिलो प्राथमिकतामा सडक भएकाले जिल्लाका ९ वटै पालिकाहरुमा सडक सञ्जाल पुगाउनु आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।
मंगलबार जिल्ला सदुरमुकाम दार्चुलामा आयोजना गरिएको अन्तक्रिया कार्यक्रममा बोल्ने सहभागिहरुले दार्चुलाको विकासका लागि सबै स्थानीय तहमा सडक सञ्जाल पु¥याउनु आवश्यक रहेको बताएका हुन् । ग्रामिण विकास तथा अनुसन्धान केन्दले आयोजना गरेको एक दिने अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करविर बहादुर कार्कीले जिल्लाको विकासका लागि जडिबुटि र बन जंगलको संरक्षण गर्नु आवश्यक रहेको बताउनुभयो ।
जिल्काको विकास र समृद्धि कसरी सम्भव छ भन्ने विषयक अन्तरक्रिया कार्यक्रममा महाकाली नगरपालिका प्रमुख हंषराज भट्टले पर्यटकिय स्थलहरुको प्रचार प्रसार गर्नुपर्ने औँल्याउनुभयो ।
कार्यक्रममा मार्मा गाँउपालिकाका अध्यक्ष जमनसिह धामीले त्रीदेशिय सीमाना भएको दार्चुलालाई समृद्धिमा अगाडि बढाउन तिंकर सडकलाई चाँडो भन्दा चाँडो निर्माण गर्नुपर्ने बताउनुभयो ।
अन्तक्रीया कार्यक्रमा जिल्लाका सरोकारवाला निकायका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Comments

comments