दार्चुलामा जीप दुर्घटना हुदा ११ जनाको मृत्यु

Posted on: १८ फाल्गुन २०७५, शनिबार

दार्चुला तींकर सडक खण्डको राताकाठामा जीप दुर्घटना हुदा ११ जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाईते भएका छन । तीन दिन अघि राताकाठामा आएको सुख्खा पहिरोमा परि एक जनाको मृत्यु भएको थियो भने आधा दर्जन भेडा मरका थिए । दार्चुला जिल्ला सदरमुकामबाट हिकिलाका लागि छुटेको म १ ज २८० नम्बरको जीप दुहु गाउँपालिका वडा नम्बर ३ राताकाठाको भीरमा खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । शुक्रबार बेलुकी सवा ८ बजेतिर खसेको जीपमा सवार मध्ये ११ जनाको मृत्यु भएको र चालक दिपकसिह धामी गम्भीर घाईते अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । गम्भीर अवस्थामा भेटिएका चालक धामीलाई भने जिल्ला अस्पताल दार्चुलाबाट भारतको पिथौरागढका लागि रेफर गरिएको छ । उद्धारका लागि जिल्ला प्रहरी कार्यालय दार्चुला र सीमा सुरक्षा गुल्म दार्चुलाको टोली घटनास्थल पुगको थियो । जीप सडक भन्दा झन्डै ५ सय मिटर तल खसेकाले चालक बाहेक अरु कोही पनि जिबित अवस्थामा नभेटाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । एक दशक देखि निर्माणाधीन राताकाठामा प्रशाशनले एक वर्षदेखि जीपहरु चल्न रोक लगाएको थियो । दिउसो राताकाठा आसपासमा नेपाल प्रहरीको गस्ती हुने गरेकाले हिकिला, सुनसेरा र ब्यास सहितका गाउँ जानका लागि मानिसहरु राती जीप लगेर जादै गरेका थिए ।

Comments

comments