दार्चुलामा प्रथम उपराष्ट्रपति खेलकुद प्रतियोगिता शुरु

Posted on: १४ बैशाख २०७५, शुक्रबार

दार्चुलामा प्रथम उपराष्ट्रपति विद्यालय स्तरीय चिल्ड्रेन गेम्स खेलकुद प्रतियोगिता २०७५ शुक्रबारदेखी सदरमुकाम खलंगा र मा शुरु भएको छ । महाकाली नगरपालीका वडा नम्बर ४ मा रहेको खुलामंच र महाकाली नगरपालिका ७ धापमा रहेको मालिकार्जुन माबिको खेलमैदानमा खेलहरु सञ्चालन भइरहेका छन । दुइदिनसम्म सञ्चालन हुने खेलमा रिले दौड, हाइजम्प, ट्रिपलजम्प, लङजम्प, सटफुट, कराते लगायतका खेलहरु मध्ये रिले दौड मालिकार्जुन मावि धापमा र बाकि सम्पुर्ण खेलहरु जिल्ला सदरमुकाममै सञ्चालन गरीएको जिल्ला खेलकुद बिकास समिति दार्चुलाले जनाएको छ । जिल्लाभरी ३ सय ४५ सामुदायिक र १९ संस्थागत गरी कुल ३ सय ६४ विद्यालय रहेता पनि १४ बर्ष मुनिका विद्यार्थी खेलाडिहरु सहभागि प्रतियोगितामा १३ ओटा बिद्यालयहरुले मात्रै सहभागिता रहेको छ । यसरी हेर्दा आधारभुत तहका कक्षाहरु सञ्चालीत विद्यालय भएपनि खेलमा सहभागिता भने न्युन देखीएको छ ।

प्रतियोगिताको उद्घाटन शत्रमा महाकाली नगरपालीकाका नगरप्रमुख हंशराज भट्टले खेलकुद सञ्चालन गर्न मैदानको अभाव भएको अवस्थामा नगरपालीकाले महाकाली ४ को डोमपानीमा खेलमैदान निमार्ण गर्नेगरी काम शुरु गरीसकेकोले सबैको साथ र सहयोगका लागी समेत आग्रह गरेका छन ।
यस्तै समन्वय समिति दार्चुलाका प्रमुख करबिर बहादुर कार्कीले खेलकुद शिक्षाको अभिन्न अंग भएकोले अब प्रत्येक बिद्यालयले अनिवार्य रुपमा खेल शिक्षक राखेर खेलकुद सामाग्रीको व्यवस्थापन गर्न सुझाव दिनुभयो । जिल्ला खेलकुद विकास समिति अध्यक्ष नारायण दाहालले नगरपालिकाले खेलमैदान निमार्णको काम थालेको भन्दै अगामी बर्षको राष्ट्रपति खेलकुद नगरपालिकाले निमार्ण गरेको मैदानमै सञ्चालन गरार्नेगरि तयारी गरीने समेत उनले बताउनु भयो

Comments

comments