गौतम गम्भीरले दिए,दिल्लीको कप्तानबाट राजीनामा

Posted on: १२ बैशाख २०७५, बुधबार

आईपीएल क्रिकेट २०१८ मा निराशाजनक प्रदर्शनपछि दिल्ली डेयरडेभिल्सका कप्तान गौतम गम्भीरले राजीनामा दिएका छन । गम्भीरले पत्रकार सम्मेलन गर्दै दिल्लीको कप्तानबाट राजीनामा दिएको बताएका हुन । उनले यो प्रतियोगितामा दिल्लीको जे–जस्तो प्रदर्शन छ त्यसको जिम्मेवार आफू भएको पनि बताएका छन ।दुई पल्ट कोलकाता नाइटराइडर्सलाई आईपीएल च्याम्पियन बनाएका गौतम गम्भीरलाई यस पटक दिल्लीले किनेको थियो ।

आईपीएलका खेल्न बाँकी खेलमा भने युवा ब्याट्सम्यान श्रेयस अय्यरले दिल्लीका लागि कप्तानको भूमिका निर्वाह गर्नेछन । मूल रुपमा दिल्ली निवासी गम्भीरको टिमको कप्तान बनाइएको थियो ।  अब नयाँ कप्तान आएपछि दिल्ली नयाँ रणनीतिसहित मैदानमा उत्रने सम्भावना रहेको छ । यस्तोमा सन्दीपले टिम ११ मा ठाउँ पाउने सम्भावना रहेको छ । ६ खेलमध्ये एक मात्रै खेल जितेको दिल्ली अंकतालिको पुछारमा रहेको छ ।

Comments

comments