दिवंगत मन्त्री अधिकारीको वाईंडबडी प्रकरणमा कुनै पनि संलग्नता छैन : प्रधानमन्त्री ओली

Posted on: १८ फाल्गुन २०७५, शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको वाईंडबडी विमान खरिद प्रकरणमा कुनै पनि संलग्नता नरहेको बताउनुभएको छ । शुक्रबार मन्त्री अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित गर्न बसेको पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले केही तत्वले मन्त्री अधिकारीलाई प्रकरणमा जोडेर लान्छना लाउन खोजेको भन्दै आपत्ति पनि जनाउनुभयो । प्रधानमन्त्री ओलीले मन्त्री अधिकारी कुनै पनि लोभलालचमा पर्ने व्यक्ति नभएको पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीले नेपालको नागरिक उडड्यनको क्षेत्रमा असाधारण काम गरेको पनि स्मरण गराउनुभयो ।

Comments

comments