दुर्गम गाउँपालिका लालझाडीको सडकमै धेरै बजेट

Posted on: २६ पुष २०७५, बिहीबार

कञ्चनपुरको लालझाडी गाउँपालिकाले आफ्नो चालू आर्थिक वर्षमा सडक सञ्जाल निर्माणमा ४ करोड ७६ लाख ६० हजार बिनियोजन गरेको छ । भौगोलिक रुपमा दक्षिण पश्चिममा बिनाशकारी दोंदा नदी,उत्तर तर्फ लालझाडी राष्ट्रिय वन ,पुर्व तर्फ पुनर्वास नगरपालिकाको सीमा संग जोडिएको यो गाउँपालिकामा सडक र यातायात सेवाको अभाव रहेको छ ।  साबिक शंकरपुर गाबिसका पुरै वडा, साबिक बाइसेबिचवा गाबिसका ४ वटा वडा र देखतभुली गाबिसका ४ वटा वडाहरुलाई समायोजन गरि २०७३ फागुन २२ गते यो गाउँपालिकाको स्थापना गरिएको हो । १५४।६५ वर्ग किलोमीटर क्षेत्रफल रहेको यस गाउँ पालिकामा २२ हजार ५६९ जनसंख्या रहेको छ । उत्तरी सीमामा रहेको लालझाडी राष्ट्रिय वनको नाम बाट यस गाउँपालिकाको नाम लालझाडी राखिएको हो । कृषिमै आधारित यस गाउँपालिकाका स्थानिय किनमेलका लागि छिमेकी जिल्ला कैलालीको धनगढी,बेलौरी र पुनर्वासका बजारहरुमा जाने गर्दछन । यस गाउँ पालिकामा उत्पादन गरिएका कृषि उत्पादनको बजार सम्मको पहुँच सहज बनाउन गाउँपालिकाको चालु आर्थिक वर्षको कुल बजेट ३० करोड ३१ लाख १८ हजार १७५ मध्य ४ करोड ७६ लाख ६० हजार सडक निर्माण र स्तरोन्नतीकालागी बिनियोजन गरिएको लालझाडी गाउपालिकाका अध्यक्ष मदनसेन बडायकले बताउनुभयो। शिक्षा,स्वास्थ्य सेवा र कृषि उतपादनलाई बजार सम्म सहज रुपमा लैजान यहाँका स्थानीय जनताले सास्ती पाउदै गएकाले गाउँ पालिकाले सडक सञ्जालको बिकासलाई मुख्य प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष बडायकले बताए । २०६५ देखि निरन्तर दोंदा नदीको बाढिका कारण क्षेती भोग्दै आएका यहाँका कृषकहरुको आर्थिक अबस्था कमजोर बन्दै गएको छ । किनमेल, उपचार ,कृषि उत्पादन बजार सम्म सहज पुगाउन र अन्य अत्यावश्यक सेवाका लागि बजार सम्म जान गतिलो बाटो नभएकाले सडक निर्माण र स्तरोन्नतिमा गाउँ पालिका लागेको छ । दोंदा नदीको बाढी बाट बर्सेनि क्षेती ब्यहोर्दै आएका यहाँका कृषक वन्य हात्तीको बथानबाट समेत दुस्ख झेल्दै आएका छन् ।

Comments

comments

Related Other News