देउसी भैलो खेलेर विद्यालयमा सेनेटरी प्याड खरिद

Posted on: २१ कार्तिक २०७६, बिहीबार

शान्ति सुवेदी, पर्वत, कार्तिक २१, महीनावारी भएका बेला हुने समस्या समाधानका लागि पर्वतको बिहादी गाउँपालिका ५ उराममा रहेको चन्द्र माविमा अध्ययन गर्ने किशोरीहरुले आफै लागि परेका छन् । यस वर्षको तिहारमा गाउँमा किशोरीहरुले देउसीभैलो खेलेर जम्मा गरेको रकमले विद्यालयमा सेनेटरी प्याड खरिद गरेका छन् ।
महिनावारी भएको बेलामा विद्यालयमा जान असहज हुने र विद्यालयमा नै गएको बेला महिनावारी भए कक्षा नै छोडेर घर फर्किनुपर्ने बाध्यताबाट गुज्रिएका यहाँका किशोरीहरुले तिहारमा देउसी भैलो खेलेर विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराएका हुन् ।
किशोरीहरुले महिनावारी भएको बेलामा विद्यालय छोड्नुपर्ने बाध्यता भएपछि यस्तो उपाय निकालेका हुन् । धौलागिरी युवा महिला समुहमा आवद्ध रहेका विद्यालयमा अध्ययनरत किशोरीहरुले आफ्नो समस्यासँग आफै जुट्नको लागि यस्तो बाटो अपनाएका हुन् ।
‘किशोरीहरुका समस्या माथि छलफल गर्दा सबैभन्दा बढी समस्या बिद्यालयमा जाने छात्राहरुले भोगेको देखियो’ युवा महिला समुहकी सचिब अस्मिता परियारले भन्नुभयो ‘आफैँ रकम जम्मा गरेर समस्या समाधानका लागि अग्रसर भयौ’ देउसीमा जम्मा भएको २५ हजार रुपैँयाले सेनिटरी प्याड खरिद गर्यो ।
बिद्यालयमा छात्र र छात्राका लागि छुट्टै शौचालयको ब्यबस्था भएपनि व्यवस्थित नभएका कारण समस्या रहेको उनीहरुको गुनासो छ

Comments

comments