दोलखाको शैलुङडाँडालाई पर्यटकीय गन्तव्य बनाउने योजना

Posted on: २७ पुष २०७५, शुक्रबार

दोलखाको सैलुङ्ग गाँउपालिकाले शैलुङडाँडालाई पर्यटकीय गन्तव्यका रुपमा अगाडि बढाउने भएको छ । महाभारत पर्वतको सबैभन्दा अग्लो डाँडाको रुपमा रहेको शैलुङडाँडा धार्मिक दृष्टिकोणले समेत उत्तिकेै महत्व बोकेको छ । शैलुङडाडाँमा सय भन्दा बढी थुम्काहरु भएकाले यो डाडाको नाम शैलुङडाडाँ रहेको बताइन्छ । शैलुङडाँडामा सय भन्दा बढी प्रजातीका जटिबुडी पाइने र बुद्ध धर्मावलम्बीहरुको पवित्र भूमि भएकाले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकसित गर्ने योजना गाउँपालिकाको छ । शैलुङडाँडाबाट तराईका फाँट, विश्वको सर्वोच्च शिखर सगरमाथा, लगायतका रोकक दृश्यहरु देख्न पाइन्छ । गाउँपालिकाले विकासको पहिलो मेरुदण्ड सडक भएकाले सडक विस्तार कार्य अघि बढाएको छ भने नयाँ ट्रयाक खोल्ने, सडक स्तरोन्नती र कालोपत्रे गर्ने कार्यलाई तिब्रता दिएको छ । गाँउपालिकाले पर्यटनसँगै पूर्वाधार विकासलाई समेत प्राथमिकता दिएको छ ।

Comments

comments