धानमा कालोपोकोको प्रकोप, कृषक चिन्तित्

Posted on: २२ कार्तिक २०७६, शुक्रबार

शान्ति सुवेदी, पर्वत, कार्तिक २२ । पाक्ने बेलाको धानबालीमा कालोपोको लागेपछि पर्वतका किसानहरु चिन्तित बनेका छन् । हाइब्रिट जातको धानबालीमा कालोपोकोको समस्या देखिएको छ । उत्पादन बढि हुने र छिटो पाक्ने भएका कारणले हाइब्रिट धानको खेती गरेका पर्वतका कृषकहरु, धानबालीमा कालोपोको लागेपछि चिन्तित बनेका हुन् ।
कुश्मा नगरपालिकाको कटुवाचौपारी, सिल्मी, कुश्मा, खुर्कोट, फलेवास नगरपालिकाको देविस्थान,लिमीठाना, पैयूँ गाउँपालिका हुवास, जलजला गाउँपालिकाका फर्से, मोदी गाउँपालिकाको पातिचौर बजारमा धानबालीमा कालोपोकोको समस्या देखिएको छ ।

सिफारिस नभएको धानमा लगानी
पहाडी जिल्लामा सिफारिस नभएको हाइब्रिट धानमा कृषकले लगानी गरेका कारण पनि यस्तो समस्या देखिएको हो । एग्रोबेटले पहाडी क्षेत्रको लागि सिफारिसनै नभएको धानबाली अनाधिकृत रुपमा विक्रिवितरण गरेका कारण यस्तो समस्या देखिएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले बताउनु भयो ।
पहाडी जिल्लाको लागि कुनै पनि हाइब्रिट जातको धानको बीउ सिफारिस गरिएको छैन तर एग्रोबेटले धमाधम विक्%

Comments

comments