‘नदी तथा सार्वजनिक क्षेत्रको सरसफाइसम्बन्धी कार्यविधिको, नमुना २ हजार ७५ , के के छन योजना ?

Posted on: २८ माघ २०७५, सोमबार

सरकारले नदी सरसफाइको जिम्मा स्थानीय तहलाई नै दिने गरी ‘नदी तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाइसम्बन्धी कार्यविधिको, नमुना २ हजार ७५ ल्याएको जनाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई नै नदीनाला, सडक चोक सार्वजनिक क्षेत्रको सरसफाइको जिम्मा दिने गरी कार्यविधि ल्याइएको हो । कार्यविधि आइसकेपछि ७ सय ५३ वटै स्थानीय तहले आफ्ना क्षेत्रभित्र सरसफाइ अभियान सञ्चालन गर्नुपर्ने छ । कार्यविधिले स्थानीय सरकारलाई आफ्नो क्षेत्रभित्रका नदी, ढल, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरको सरसफाइदेखि जैविक विविधताको संरक्षण र पर्यावरणीय सन्तुलन कायम गर्न मद्धत पु¥याउने बिश्वास लिइएको छ । कार्यविधि अनुसार स्थानीय तहका प्रमुख रहेको एक समिति गठन गरी आफ्नो क्षेत्रभित्रको सरसफाइ कार्यक्रम गर्नेछन् । समितिमा नगरपालिका वा गाउँपालिकाका उपप्रमुख वा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकायका प्रमुख, गैरसरकारी संस्थाका प्रतिनिधिलगायत सदस्य रहनेछन् ।

Comments

comments