नागरिकको गुनासो सुन्न कैलाली त्रिनगर भन्सारमा ‘नागरिक सिमा सहायता कक्ष सुरुवात

Posted on: ७ फाल्गुन २०७५, मंगलवार

नागरिकको गुनासो सुन्न सुदुरपश्चि प्रदेशको कैलाली त्रिनगर भन्सारमा ‘नागरिक सिमा सहायता कक्ष’ स्थापना गरेको छ । रोजगारीका लागी भारत जाने नागरीकको सहायताका लागी आन्तरिक मामीला तथा कानुन मन्त्रालयले स्थापना गरेको सहायता कक्ष’को मुख्यमन्त्री त्रिलोचन भट्टले सोमवार उद्घाटन गर्नु भएको हो । सीमामा हुने समस्या न्यूनीकरण तथा शान्ति, सुरक्षा र नागरिकलाई रोजगारका लागी भारत जाँदाका समस्याहरुको न्यूनीकरण गर्न सुदुरपश्चिम प्रदेशको कैलालीमा त्रिनगर भन्सार सिमा सहायता कक्ष’ स्थापना गरिएको र गड्डा चौकी नाकामा पनि सिमा सहायता कक्ष’ चाँडै स्थापना गरिने मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनु भयो । अहिले भने सामान्य अभ्यासमा अघि बढिरहेको र प्राविधिबाट बैशाख देखी व्यवस्थीत रुपमा सुचना र अभिलेख प्रणाली लागु गरिने भएको छ । नेपाल प्रहरि शसस्त्र प्रहरी राष्ट्रीय अनुशन्धान र सिमामा काम गरिरहेका कर्मचारीहरुलाई समेत ‘नागरिक सिमा सहायता कक्ष’ले सहयोग पु¥याउने विश्वास गरिएको छ ।

Comments

comments

Related Other News