नेकपाको बैठकमा उपनिर्वाचनको समीक्षा, जिल्लाको रिपोर्ट केन्द्रलाई बुझाउन निर्देशन

Posted on: १८ मंसिर २०७६, बुधबार

काठमाडौँ, मंसिर १८, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाउनु भएको नेकपा सचिवालय बैठक सकिएको छ ।
बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा उपनिर्वाचनको मतपरिणामबारे सामान्य समीक्षा भएको थियो । बैठकमा उपनिर्वाचनमा घात प्रतिघात नभएको निष्कर्ष निकालेको भए पनि विस्तृत रुपमा अर्को बैठकमा छलफल हुने जनाइएको छ । अर्को बैठक मंसिर २३ गते बस्नेछ । आजको बैठकले ३७ वटा जिल्ला कमिटीलाई निर्वाचनको समीक्षात्मक रिपोर्ट केन्द्रलाई बुझाउन निर्देशन दिएको छ । आगामी बैठकले नै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउनेबारेमा निर्णय लिनेछ ।

Comments

comments

Related Other News