नेत्रविक्रम चन्द आफ्नो पार्टीमा आउने नेकपाका अध्यक्ष दाहालको दावी

Posted on: १९ जेष्ठ २०७६, आईतवार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द आफ्नो पार्टीमा आउने दावी गर्नु भएको छ ।
अध्यक्ष दाहालले चन्द नेतृत्वको नेकपाले लिएको बाटोबाट सही गन्तव्यमा पुग्न नसकिने पनि स्पष्ट पार्नु भयो । चन्द नेतृत्वको नेकपाका पोलिटव्यूरो सदस्य एवम् पूर्वराज्यमन्त्री पदम राईलाई आईतबार काठमाडौंमा एक कार्यक्रमका बीच पार्टीमा प्रवेश गराउँदै उहाँले चन्द र अन्य समूहमा रहेका कम्युनिष्ट पार्टीहरु पनि आफ्नो पार्टीमा जोडिनुको विकल्प नरहेको दावी पनि गर्नु भयो ।
अध्यक्ष दाहालले मुलुकमा समाजवादको आधार तयार पार्ने गरी सरकारले बजेट, नीति तथा कार्यक्रम ल्याएको उल्लेख गर्दै त्यसैमा समाहित भएर मात्रै पिछडिएका जनतालाई समृद्ध बनाउन सकिने पनि उल्लेख गर्नु भयो ।

Comments

comments