नेपालको पुर्वाधार विकासमा लगानी गर्न अन्तराष्ट्रिय समुदायलाइ अर्थमन्त्री खतिवडाको आह्वान

Posted on: २६ भाद्र २०७६, बिहीबार

काठमाडौँ,भदौ २६ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको पूर्वाधार विकासमा लगानी गर्न अन्तराष्ट्रिय समुदायलाई पुनः आह्वान गर्नु भएको छ ।

अर्थमन्त्री खतिवडाले नेपालमा लगानी गरे उच्च प्रतिफल प्राप्त हुने उल्लेख गर्दै लगानीको क्षेत्र बढाउन अन्तराष्ट्रिय समुदायलाई आग्रह गर्नु भएको हो । उहाँले नेपालमा लगानी गरिरहेका वैदेशिक लगानीकर्ताहरुले उच्च प्रतिफल प्राप्त गरिरहेको दावी पनि गर्नु भयो । नेपाल पूर्वाधार शिखर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले नेपालमा वैदेशिक लगानीका लागि कानुनी र संरचनागत दुवै आधार तयार भएको पनि स्पष्ट पार्नु भयो । अर्थमन्त्री खतिवडाले नेपाल सरकारले बाह्य लगानी भित्र्याएर मुलुकको समृद्धिका लागि पूर्वाधार विकास, जलस्रोत र पर्यटन क्षेत्रको विकासमा जोड दिएको पनि स्पष्ट पार्नु भयो ।
अर्थमन्त्री खतिवडाले नेपालको जलस्रोत, उर्जा र पूर्वाधारको क्षेत्रमा लगानी गरे जो सकैले पनि उच्च मुनाफा आर्जन गर्न सक्ने पनि बताउनु भयो ।

Comments

comments

Related Other News