नेपालीको सिमा मिच्नेको विरुद्ध ‘कालापानी’ सार्वजनिक

Posted on: २२ कार्तिक २०७६, शुक्रबार

काठमाडौँ, कार्तिक २२, भारतले सिमा मिचेकोे अवस्थामा देश प्रेमभाव समेटिएको ‘कालापानी’ गीत सार्वजनिक भएको छ ।
भारतले सिमा मिचेको विरोधमा नेपाली जनता जागीरहेका छन र नेपालका विभिन्न स्थानबाट विरोध समेत गरिरहेका छन । देशप्रेमको भावना बाट ओतप्रोत भएको गीतमा शब्द, संगीत प्रभावन जे को रहेको छ । गितमा स्वर स्वंम प्रभावन जे, सपना गुरुङ, जिवन वडु, कुमार पौड्याल र विवेक चौलागाईको रहेको छ ।
गितको एरेन्ज तथा मिक्सिङ जिवन बडुले गरेका छन भने रेकर्डिङ मनोज डंगोलले गरेका छन् । गीतको परिकल्पना राजाराम गौतमको रहेको छ भने भिडियोको इडिट नविन भट्टले गरेका छन् । डिएआर मुभिजको अफिसियल युटुवबाट गीत सार्वजनिक गरिएको छ ।

 भिडियो 

Comments

comments