नेपाली बजारमा ‘डेष्टिनी १२५’ स्कूटर भित्रियो

Posted on: ३ बैशाख २०७६, मंगलवार

नेपाली बजारमा आई थ्री एस प्रविधिसहितको फेमिली स्कूटर ‘डेस्टिनी १ सए २५’ भित्रिएको छ ।

हिरो मोटरकर्प लिमिटेडले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी  प्रविधिसहितको फेमिली स्कूटर डेस्टिनी १ सए २५ लञ्च गरेको हो । ग्राहकको चाहनालाई ध्यानमा राखेर सो प्रविधि जडित डेष्टिनी १ सए २५ स्कूटर नेपालमा पनि ल्याइएको कम्पनीका प्रमुख रजत भार्गभले जानकारी दिनु भयो । अत्याधुनिक प्रविधियुक्त स्कूटर नेपाली बजारमा उपयोगी हुने कम्पनीको विश्वास छ ।

डेष्टिनी १ सए २५ स्कूटरको मूल्य भ्याटसहित २ लाख ६ हजार राखिएको छ । स्कूटरमा बाहिरैबाट इन्धन भर्ने प्रणाली, रिमोटबाट साँचो खोलिने, मोबाईल चार्ज गर्न मिल्ने लगायतका विशेष सुविधिहरु पनि रहेका छन ।

Comments

comments