नेपाल वङगलादेश बैङ्क : नयाँ वर्षको उपलक्ष्यमा आर्कषक बीमा सुविधा

Posted on: २ बैशाख २०७६, सोमबार

नेपाल वङ्गलादेश वैैंकले नयाँ वर्षको उपलक्ष्यमा आर्कषक बीमा सुविधा सहितको वचत खाता संचालनमा ल्याएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै बीमा सुविधा सहितको वचत खाता संचालनबारे जानकारी दिइएको हो ।

नेपाल सरकारको खोलौ वैंक खाता अभियान लाई सहयोग गर्ने उदेश्यले यस्तो खाता सन्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

कार्यक्रममा नेपाल वङगलादेश वैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुगांनाले खाता खोलेवाफत   १ लाख सम्मको स्वास्थ्य विमा, देश भरिका अस्पताल वाट उपचार सेवा लगायतका आर्कषक सेवा वैंकले सुचारु गरिरहेको वताउनु भयो ।

वैंक ले ८७ शाखा, ७ एक्सटेन्सन काउन्टर, २ शाखा रहित घरदैलो वैंकिङ सेवा तथा ६७ वटा एटिएम सेवा दिदै आईरहेको छ ।

Comments

comments