नेविसंघद्धारा प्रधानमन्त्री ओलीको राजीनामा माग

Posted on: २६ कार्तिक २०७६, मंगलवार

काठमाडौँ,कार्तिक २६ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएपछि आक्रोशित हुँदै आएको नेविसंघले मंगलबार बिहान काठमाडौँको चावहिलमा प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै आफ्नो विरोध प्रर्दशनलाई निरन्तरता दिएको हो । त्यस क्रममा उनीहरुले ‘सरकार कता हरायो, राष्ट्रियता जोगाउन डरायो’ भन्दै सरकारविरुद्ध चर्का नाराबाजी पनि गरेका थिए ।
नेविसंघ, काठमाडौं जिल्ला समितिको आह्वानमा आयोजना गरिएको सो विरोध प्रर्दशनमा राष्ट्रियता जोगाउन अपिल गर्दै सडकमा आउन पनि सबैलाई अपिल गरिएको प्लेकार्ड समेत प्रर्दशन गरिएको थियो । नेविसंघले भारतले आफ्नो नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी पनि दिँदै आएको छ । भारतले आफ्नो नक्सामा समावेश गरेको नेपाली भूमि फिर्ता नभएसम्म आफूहरुको आन्दोलन जारी रहने नेविसंघका केन्द्रिय सदस्य मनोज बैद्यले बताउनु भयो ।

नेविसंघले भारत सरकारसँग नेपाली भूमि फिर्ता लिन माग गर्दै काठमाडौंलगायतका देशका मुख्यमुख्य सहरमा विरोध प्रर्दशन गर्दै आएको छ ।

Comments

comments

Related Other News