पर्यटन पर्वद्धन का लागि शुक्लाफाटामा महोत्सव हुने

Posted on: १२ चैत्र २०७५, मंगलवार

कञ्चनपुरमा शुक्लाफाटा पर्यटन महोत्सव २०७५ हुने भएको छ । मंगलवार भीमदत्त नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गरेर चैत्र १५ गते देखी २१ गते सम्म महोत्सव आयोजना गरिन लागेको जानकारी गराइएको हो । दोस्रो प्रदेश स्तरिय शुक्लाफाटा पर्यटन महोत्सव मुल समारोह समिति कञ्चनपुर को आयोजना तथा नाटा सुदूरपश्चिम प्रदेशको समन्वय र भीमदत्त नगरपालिका को संयोजनमा महोत्सव हुने भएको छ । निकुञ्ज क्षेत्रमा पर्यटन पर्वद्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको हो । दक्षिण एसियाकै नमुना घासे मैदान तथा वाह्रसिङ्गाको झुण्ड देख्न पाईने निकुञ्ज को प्रचार प्रसार गर्न महोत्सवले सहयोग पु¥याउने बिश्वास गरिएको छ । निकुञ्जको प्रचार प्रसार गरेर पर्यटकहरुको आर्कषणको केन्द्रको रुपमा विकास गर्न महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

Comments

comments

Related Other News