पशुपतिनाथ मन्दिरमा ९ किलो २ सय ७६ दशमलव ६४ ग्राम सुन जम्मा

Posted on: २३ जेष्ठ २०७६, बिहीबार

पशुपतिनाथ मन्दिरमा ९ किलो २ सय ७६ दशमलव ६४ ग्राम सुन जम्मा भएको विवरण प्राप्त भएको छ ।
पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवम् छानवीन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा पशुपतिनाथ मन्दिरमा २०७५ सालसम्ममा सो परिमाणको सुन जम्मा भएको उल्लेख गरिएको हो । त्यसैगरी ३ सय १६ किलो ५ सय ८६ ग्राम चाँदी पनि पशुपतिनाथ मन्दिरमा रहेको पाइएको छानवीन समितिका संयोजक डा. मिलनकुमार थापाले जानकारी दिनुभयो ।
पशुपतिनाथ मन्दिरमा हालसम्म १ अर्व २९ करोड ३८ लाख ३१ हजार नगद जम्मा गरिएको छ । समितिका संयोजक थापाले हाल मन्दिरको दर्ता प्रमाणित भएका जग्गा ३ हजार ६ सय ६७ रोपनी ४ आना ३ पैसा रहेको पनि जानकारी दिनुभयो ।

Comments

comments