पार्टी एकता सत्ता प्राप्तीका लागि मात्रै नभएको प्रचण्डको दाबी

Posted on: १३ पुष २०७६, आईतवार

काठमाडौँ, पौष १३, नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सूचना प्रविधि बुर्जुवाहरुकै कब्जामा रहेको बताउनुभएको छ ।
शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध प्रेस संगठनले गरेको ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । बुर्जुवाहरुले सूचना प्रविधिको दुरुपयोग गरिरहेको भन्दै अध्यक्ष दाहालले उनीहरुलाई जित्नेगरी आफ्नो हतियार धारिलो बनाउन पनि आग्रह गर्नुभएको छ । पार्टी एकताका मर्म र भावनाहरु गम्भिरतापूर्वक बुझ्न आग्रह गर्दै अध्यक्ष दाहालले पार्टी एकता सत्ता प्राप्तीका लागि मात्रै नभएको दाबी गर्नुभयो । आधारभूत विचारमा एकरुपता भएका कारण नै पार्टी एकता सम्भव भएको उहाँले बताउनुभयो ।

Comments

comments