पुनः टेण्टर आव्हान गरेर भएपनि मेलम्चीको पानी काठमाण्डौ ल्याईनेछ : मन्त्री मगर

Posted on: १० फाल्गुन २०७५, शुक्रबार

खानेपानी मन्त्री विना मगरले पुन टेण्टर आव्हान गरेर भएपनि मेलम्चीको पानी काठमाण्डौ ल्याईने प्रतिवद्धता जनाउनुभएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा खानेपानी मन्त्रालयसंग सम्बन्धीत प्रश्नोत्तर कार्यक्रमम सहभागी हुदै उहाँले पुन टेण्टर आव्हान गरेर बाकी काम सम्पन्न गरी मेलम्चीको पानी काठमाण्डौ ल्याईने बताउनुभएको हो । सिएमसि ले आयोजनाको काम विचमै छोडेर हिडेपछि केही अन्यौल उत्पन्न भएको भएपनि पुन टेण्टर आव्हान गरेर काम सम्पन्न गर्ने तयारीमा मन्त्रालय लागेको बताउनुभएको हो । पुन टेण्टर गराउने सम्बन्धमा कामहरु भईरहेको पनि मन्त्री मगरले स्पष्ट पार्नुभयो । आफुले मन्त्रालयको जिम्मेवार सम्हालेपछि मेलम्ची खानेपानी आयोजनाको मुलभुत र महत्वपुर्ण काम सम्पन्न भएको दाबी मन्त्री मगरले गर्नुभयो । मन्त्री मगरले मिडियाले नियोजित ढंगले आफ्ना विरुद्ध प्रचारवाजी गरेको भन्दै आक्रोश पोख्नुभयो ।

Comments

comments