पुर्चौडी नगरपालिका विकास निर्माणको कार्यमा तीब्रता पाउँदै

Posted on: २५ पुष २०७५, बुधबार

बैतडीकोे पुर्चौडी नगरपालिकामा विकास निर्माणका कार्यले तीब्रता पाएको छ । जिल्लाको सबै भन्दा विकट र विकासको दृष्टिले पछि परेको नगरपालिका पछिल्लो समय भने समृिद्धतर्फ उन्मुख भएको छ ।सडक नहुँदा घोडा खच्चरको भर पर्ने स्थानीयबासीन्दा यतिबेला सडक सन्जालको पहुँचमा पुगेका छन् । विभिन्न खोलानालामा बग्ने पानीको सदूपयोग गर्दै विजुली समेत बालेका छन् । विकास निर्माणमा अग्रसर नगरपालिकामा कर्मचारी अभावले भने समस्या पारेको छ ।वडामा सचिव नहँुदा वडाका प्राविधिकलाई नै सचिवको जिम्मा दिनु पर्ने अवस्स्था छ । भगौलिक हिसावले नगरपालिका भित्रका वडाहरु टाढा रहेका छन् ।जनतलाई नगरपालिकासम्म पुग्न समस्या हुने भएपछि सबै वडालाई जोड्न सडक सन्जाललाई मूख्य प्राथमिकता दिएको नगरपालिकाले जनाएको छ ।

Comments

comments