पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज २९७ औँ पृथ्वी जयन्ती मनाइँदै

Posted on: २७ पुष २०७५, शुक्रबार

नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । सरकारी तबरबाट पृथ्वी जयन्ती नमनाइए पनि केही दल र संघ–संस्थाहरुले स्वतःस्फुर्त रुपमा पृथ्वी जयन्ती मनाउँदै आएका छन् । यस वर्ष पनि राप्रपा लगायतका दलहरुले विविध कार्यक्रम गरेर पृथ्वी नारायण शाहको स्मरण गर्ने तयारी गरेका छन् ।

Comments

comments

Related Other News