पौष ३ गतेदेखि कैलालीमा राष्ट्र ब्यापी खुल्ला ब्याटमिन्टन प्रतियोगिता हुने

Posted on: २५ मंसिर २०७६, बुधबार

कैलाली, मंसिर २५, कैलालीमा राष्ट्र ब्यापी खुल्ला ब्याटमिन्टन प्रतियोगिता २०७६ हुने भएको छ ।
जिल्लाको लम्कीचुहा नगरपालिका–१ लम्कीमा नेपाली कांग्रेस क्षेत्र नम्बर २ लम्कीचुहा नगर कार्यसमितीको आयोजनामा आगामी पौष ३ गते देखि राष्ट्र ब्यापी खुल्ला ब्याटमिन्टन प्रतियोगिता २०७६ हुने भएको हो । सुदूरपश्चिमको प्रवेशद्धार लम्कीचुहा नगरपालिकालाई देशभर चिनाउनका लागी शहिद लालबहादुर बम र लोकराज ढकालको स्मृतिमा ब्याटमिन्टन प्रर्तियोगिताको आयोजना गर्न लागिएको बुधवार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमशः ५० हजार, २५ हजार र १० हजार नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गर्ने प्रतियोगिता मुल आयोजक समितीका संयोजक लब बहादुर शाहीले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको छ ।
प्रतियोगितामा देश भरका ४० वटा टीमहरुको सहभागिता रहने छ ।

Comments

comments