प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको योजना

Posted on: २ बैशाख २०७६, सोमबार

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले औद्योगिक क्षेत्रको निर्माणमा लगानी गर्न निजी क्षेत्रलाई आह्वान गर्नु भएको छ ।

सोमबार चितवनको भरतपुरमा प्रदेश ३, गण्डकी प्रदेश र प्रदेश ५ का उद्योगीहरुसँगको अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री खतिवडाले प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको योजना रहेको उल्लेख गर्दै त्यसमा लगानी गर्न निजी क्षेत्रका उद्योगी÷व्यवसायीहरुलाई आह्वान गर्नु भएको हो ।

प्रत्येक स्थानीय तहमा पनि औद्योगिक ग्राम स्थापना गर्ने अर्थमन्त्री खतिवडाले घोषणा गर्नु भयो । अर्थमन्त्री खतिवडाले उद्योगधन्दा स्थापनाका लागि सरकारले आवश्यक सबै खालको कानुनी, नीतिगत र संरचनागत सुधारको कामलाई तीव्रता दिएको पनि स्पष्ट पार्नु भयो ।

अर्थमन्त्री खतिवडाले सरकारले औद्योगिक सुरक्षा दिनेमा ढुक्क हुन पनि उद्योगीहरुलाई आग्रह गर्नु भयो ।

Comments

comments